
">मुनाल पोष्ट,
प्यूठानमा टिप्परको ठक्करवाट ४८ वर्षिय पुरुषको मृत्यु भएको छ । आइतवार विहान करिव १० बजेको समयमा प्यूठानको चेरनेटा बाट ड्यामसाईड क्रसर तर्फ जादै गरेको टिपरले लु ५१ प २०९४ नम्वरको स्कुटरलाई रम्दिवेसीमा ठक्कर दिदा चालक याम वहादुर घर्ति घाइते हुनुभएको थियो ।
घाइते घर्तिको प्यूठान अस्पतालमा उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।ना ८ ख २४२६ नम्वरको टिप्परले विपरित दिसावाट आउदै गरेको स्कुटरलाई ठक्कर दिएर भएको घटना बारे अनुसन्धान भईरहेको छ ।
टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन । मृतक याम बहादुर मान्डवी गाउँपालिका ५ सिख्रे स्थित घर रहेको खुल्नमा आएको छ ।

