
">मुनाल पोष्ट
राष्ट्रिय दलित पत्रकार संघ लुम्विनी प्रदेशले प्यूठानमा भित्तेपात्रो विमोचन गरेको छ । मंगलबार राष्ट्रिय दलित पत्रकार संघ लुम्विनी प्रदेशलको आयोजना तथा प्यूठान नगरपालिकाको सहयोग र राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको समन्वयमा एक कार्यक्रमको आयोजना गरि २०८३ सालको भित्तेपात्रो प्यूठानमा विमोचन गरिएको हो ।
विमोचन कार्यक्रमका प्रमुख अथिति प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले समाजमा आर्थिक रुपमा विपन्न व्यक्तिहरुले विभेदको अनुभुती गरेको बताउनु भयो । नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले संचार माध्यमको विषयमा सरकारको निर्णय संघियताको मर्म र विधि विपरित रहेको बताउनु भयो ।
त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ लुम्विनी प्रदेशका उपाध्यक्ष लोकेन्द्र सुनारले समाजलाई सुसुचित र राज्यलाई सहि दिशातर्फ लैजान दलित पत्रकारको महत्वपुर्ण योगदान रहेको बताउनु भयो । संघका लुम्विनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन सचिव अनिल नेपालीले गर्नुभएको थियो ।

