malvika
Worldlink

प्यूठान नगरपालिकाका ९० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुले पाए छात्रवृत्ति

मुनाल पोष्ट
प्यूठान नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष २०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रमबाट ९० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

नगरपालिका भित्रका प्लस टु र स्नातक अध्ययन गर्दै गरेका विद्यार्थीहरुको पठनपाठनमा टेवा पुर्याउने उदेश्यले पाँच / पाँच हजारका दरले छात्रबृत्ति वितरण गरिएको आर्थिक विकास समितिका संयोजक एवं नगर प्रवक्ता सुमनराज श्रेठले बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति प्यूठान गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले छात्रवृत्ती कार्यक्रमले विद्यार्थीहरुको शिक्षाको गुणस्तर सुधार नर्ग प्रेरणा मिल्ने बताउनुभयो ।

riyan
mallika

नेपाल पत्रकार महासंघ प्यूठानका सहसचिव बोम बहादुर परियारले छात्रवृत्ति कार्यक्रमले शिक्षा र बालवालिकाको हितमा महत्वपुर्ण काम गरेको भन्दै प्रसंसा गर्नुभएको छ ।

त्यस्तै विद्यार्थी हिमाल सुनारले छात्रवृत्ति कार्यक्रमले आफुहरुको लागी पठनपाठनमा सहज हुने बताउनुभयो । विद्यार्थी विमला नेपालीले यो कार्यक्रमले आर्थिक रुपम कमजोर भई पढ्न मन नगरेका विद्यार्थीहरुलाई मनोवल बृद्धि गरेका बताउनुभयो ।

विपन्न र अभिभावक विहिन विद्यार्थीको लागी नगरपालिकाले अभिभावको भुमिका खेलेको विद्यार्थी विशाल थापाको भनाई छ । आर्थिक विकास समितिका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन आर्थिक विकास साखा प्रमुख चन्द्र बहादुर जिसीले गर्नुभएको हो । आर्थिक प्रसासन साखा बसन्त गिरीले सहभागीलाई स्वगत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।

Marvel
Marvel
Loading...