malvika
Worldlink

प्याब्सन प्यूठानले दियो २ सय भन्दा बढी ईसीडी शिक्षकलाई तालिम

मुनाल पोष्ट
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याव्सन प्यूठानले ईसीडी तालिम सम्पन्न गरेको छ । शनिवार प्याब्सनले जुम्रीमा एक कार्यक्रमको आयोजना गरि प्यूठान जिल्लाभरबाट ४० वटा निजी विद्यालयका २ सय भन्दा बढी पुर्व प्राथमिक शिक्षकहरुलाई इसिडी तालिम दिएको हो ।

mallika

शिक्षकहरुलाई नया र शिर्जनशिल तरिकाले कथा, गीत, संगीत एवं खेल विधिहरुको प्रयोग गरि बालबालिकाको सिकाई सहजिकरण गर्न संक्षम गराउने उदेश्यले तालिमको आयोजना गरिएको तालिम संयोजक जगन्नाथ पोख्रेलले जानकारी दिनुभयो । साथै उहाले ४ वर्ष पुरा भएका बालबालिकाको लागी विद्यालय शिक्षाको पहिलो खुड्किलो ईसीडी रहेको र यसले बालवालिकाको सर्वाङगीण विकासमा टेवा पुग्ने बताउनु भयो ।

riyan

तालिमको सहजिकरण गर्र्दै ग्रीन बुक पव्लीकेशन प्रालि काठ्माण्डौका तिर्थ महर्जनले पुर्व प्राथमिक तहका बालबालिकालाई पढाउने भन्दा मोटिभेशन बढी गर्न आग्रह गर्नुभएको छ । उहाले पछिल्लो शिक्षण पद्धतीलाई समतामुखी हुन समेत आवस्यक रहेको बताउनुभयो ।
अर्का प्रशिक्षक सिर्जना महर्जनले बालबाललिकालाई स्टोरी टेलिङ, गीत संगीतको माध्यमबाट पढाउने विधिका बारेका जानकारी गराउनु भएको हो । त्यस्तै कार्यक्रमका विशेष अथिति प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले विद्यार्थीलाई सिकाउने शिक्षक योग्य, संक्षम, सफल र प्रतिष्पर्धी हुन आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रमका सहभागीहरुले ईसीडी तालिम महत्वपुर्ण र व्यवहारिक रहेको बताएका छन । प्याब्वसनका पुर्व केन्द्रिय सदस्य एवं प्यूठानका वरिष्ठ सल्लाहकार जगन्नाथ पोख्रेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अथिति जिल्ला शिक्षा समन्वय ईकाई प्यूठानका प्रमुख दुर्गा खड्का रहनुभएको थियो ।
प्याब्सन प्यूठानको आयोजना तथा ग्रिन बुक पव्लीकेशन प्रालि काठ्माण्डौको सहकार्यमा भएको कार्यक्रमको कार्यक्रमको संचालन प्याव्सन प्यूठानका सचिव सरद गौतमले गर्नुभएको थियो ।

Marvel
Marvel
Loading...