malvika
Worldlink

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम झिमरुकमा सम्पन्न

मुनाल पोष्ट,
प्युठानको झिमरुक गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि , शिक्षण सिकाइ सुधारमा जोड दिने, बिद्यालय बाहिर रहेका विद्यार्थीको पहिचान तथा खोजी गरि बिद्यालय भर्ना गराउने र विद्यार्थीको चौतर्फी विकास गराउने उद्देश्यले पालिकाले सरोकारवाला बीच अभिमुखिकरण कार्यक्रम गरेको हो।

खास गरि शिक्षा ऎन २०७५ को दफा १९ अनुसार २०६३ असोज ३ गतेपछि जन्मिएका बालबालिकाले आधारभुत तह शिक्षा उत्रिण नगरेमा योग्य नहुने भएकोले त्यस्ता बालबालिकाको तथ्यांक तयार गरी उनीहरुलाई बिद्यालय भर्ना गराइ योग्य नागरिक बनाउने काममा सहयोग होस् भनेर समेत यो कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ ।

riyan

शैक्षिकसत्र सुरु हुनु अगावै वडा वडामा गणक खटाएर त्यस्ता बालबालिकाको लगत ल्याउने काम भएको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म गणकले लिएको जानकारी अनुसार १०९ जना बालबालिका बिद्यालय बाहिर रहेकोमा १३ जनालाई बिद्यालय भर्ना गरिएको छ । अन्यलाई पनि भर्ना गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

mallika

गाउँपालिका आर्थिक वर्ष २०८२र०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिकास केसी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुख कर्मचारी, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो।कार्यक्रमको अन्त्यमा विभिन्न विद्यालयका शिक्षकहरुको लागि डाइरी वितरण समेत गरिएको थियो ।

Marvel
Marvel
Loading...