malvika
Sarbottam

गौमुखीका घर घरमा धारा अभियान

">

मुनाल पोष्ट ,

गौमुखी गाउँपालिका प्यूठानले एक घर, एक धारा’ कार्यक्रमलाई अभियानको रुपमा अघि सारेको छ । सामुहिक धारालाई घरघरमा वितरण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।

`गाउँपालिकाका ८५ प्रतिशत घरधुरीमा सामुदायिक धारा मार्फत टोलटोलमा खानेपानी सुविधा पुर्‍याइएको थियो ।’ ,गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले भन्नुभयो, प्रत्येक घरमा धारा पुर्‍याउने गरी अभियानको रुपमा काम गरिरहेका छौं ।’ अभियानले गाऊँवासीहरुमा सुद्ध खानेपानीको सुविधा पुग्ने र अपनत्व बढ्दा स्थानीयले धारा तथा मुहानको संरक्षण गर्ने उहाँले विश्वस व्यक्त गर्नुभयो ।

Sarbottam

बस्तीको नजिक मुल नभएको ठाँऊमा लिफ्ट मार्फत खानेपानी योजना संचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । धेरै वस्तीहरुमा खानेपानीको मुहान छन् ।’ ,उहाँले भन्नुभयो, `नजिक मुल नभएको ठाँऊमा लिफ्ट मार्फत योजना संचालनमा ल्याएका छौं ।’ वडा नं. ७ नारिकोटमा लिफ्ट मार्फत घरघरमा धारा जडान हुने गरी योजना कार्यान्वयनमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

हालसम्म गरि १ हजार ५४५ धरधुरीमा एक घर एक धारा सुविधा पुगेको गाउँपालिकाका इन्जिनियर शिव पुनले बताउनुभयो । गाउँपालिका, नेवा कार्यक्रम लगायत नियकासँगको साझेदारीमा खानेपानी आयोजना कार्यान्वयनमा छन् ।’ ,उहाँले भन्नुभयो, `गाउँपालिका मार्फत करिव ७००, लिफ्ट मार्फत २५० र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रमको साझेदारीमा ५९५ घरधुरीमा धारा निर्माण भएका छन् ।’

घरघरमा धारा निर्माण भएपनि दैनिकीमा समेत सहजता भएको गौमुखी गाउँपालिका३ रजवाराका प्रेमबहादुर घर्ति मगरले बताउनुभयो । `वाउबाजेका पालकामा खोलाबाट पानी लिएर खानुपर्दथ्यो ।’ ,उहाँले भन्नुभयो, `हाम्रा पालमा टोलटोलमा आयो, अहिले घरघरमा धारा निर्माण भएका छन् ।’

धारा निर्माणले पानी लिन टाढा जानुपर्ने बाध्यता हटेको रजवाराकी शान्ति घर्तिमगरले बताउनुभयो । `नुहाउन, कपडा धुन सजिलो भएको छ ।’ ,उहाँले भन्नुभयो, `पानी भएपछि तरकारी खेतीमा समेत सहयोग पुगेको छ ।’ घरघरमा धारा जडान भएपनि यहाँका स्थानीयले करेसावारी मार्फत तरकारी खेती गर्न थालेको उहाँले बताउनुभयो ।

घरघरमा धारा निर्माण भएपछि यहाँका स्थानीयलाई व्यक्तिगत तथा घरायसी सरसफाईमा सहयोग पुगेको छ । भाँडा माझ्ने छुट्टै स्थान बनाएका छन् भने भाँडा सुकाउने चाङ बनाउने गरेका छन् । गाउँपालिकामा ४ हजार ७८५ घरधुरी रहेका छन् ।
आजको अन्नपूर्ण पोष्टबाट

Worldlink
Loading...