malvika
Sarbottam

मल्लरानी फुड २०८३ फेस्टिभलको खर्च सार्वजनिक

">

मुनाल पोष्ट,
मल्लरानी फुड फेस्टिभल २०८३ को आम्दानी खर्च सार्वजनिक गरिएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले सोमबार प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रम आयोजना गरि खर्च सार्वजनिक गरेको हो ।

मल्लरानी बजार क्षेत्रका सचिव पशुपति श्रेष्ठले फुड फेस्टिभलबाट ५ लाख ३३ हजार ३ सय रुपियाँ आम्दानी र ४ लाख १४ हजार २८ रुपियाँ खर्च भएको बताउनुभयो । उहाँका अनुसार १ लाख १९ हजार २७२ रुपियाँ बचत हुने देखिएको छ । खर्च विवरण सार्वजनिक कार्यक्रममा बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले कतिपय कार्यालय संघ संस्थाबाट प्रतिवद्धता गरिएको रकम आउन बाँकी रहेको स्पष्ट पार्नुभयो ।

प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले मल्लरानी फुड फेस्टिभलको आम्दानी खर्च सार्वजनिक गरेर पारदर्शिता कायम गरेकोम बजार क्षेत्रलाई धन्यवाद दिँदै आगामी दिनमा थप व्यवस्थित गर्दै फुड फेस्टिभल सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागीहरुले मल्लरानी फुड फेस्टिभललाई आगामी दिनम थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

Worldlink
Loading...