malvika
Worldlink

प्यूठानमा ४ जीपीए ल्याउने दुवै छात्रा संस्थागत विद्यालयमा अध्ययनरत

मुनाल पोष्ट
प्यूठान जिल्लामा संस्थागत विद्यालयमा अध्ययनरत २ जना छात्राले एसईईमा ४ जीपिए ल्यााएका छन । कालिका अंग्रेजी आवासीय माध्यमकि विद्यालय विजुवार टारीमा अध्ययनरत करुणा पाण्डे र लोक चेतना एकेडेमी भिंग्रीमा अध्ययनरत छात्रा सुमित्रा केसीले २०८२ को एसईई नतिजामा जिल्लामै उत्कृष्ट ४ जीपीए ल्याएका हुन ।

mallika

उक्त नतिजा ल्याउने दुवैजना विद्यार्थीहरु जिल्लाका संथागत विद्यालयमा अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानकी परिक्षा फाट प्रमुख साधना पण्डितले जानकारी दिनुभयो ।

riyan

प्यूठान जिल्लामा नियमित तर्फ ३ हजार ६२ जनाले परिक्षा दिएका थिए ।जस मध्य १५ सय ३३ जना उतिर्ण अर्थात वर्गिकृत भएका छन भने १५ सय २९ जना ग्रेड परिक्षा दिन योग्य (अवर्गिकृत) भएका छन । प्यूठान जिल्लाको उतिर्ण प्रतिशत ५० दशमलव ०६ प्रतिशत रहेको छ ।

 

 

 

 

Marvel
Marvel
Loading...