
प्युठान जिल्लाको शैक्षिक इतिहासमा संस्थागत (निजी) विद्यालयतर्फ अग्रणी नाम हो— कालिका अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय। प्युठान नगरपालिका वडा नं. ४, बिजुवार टारीमा अवस्थित यो विद्यालय पछिल्लो समय गुणस्तरीय, प्रविधिमैत्री र व्यावहारिक शिक्षा खोज्ने विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको छ। आखिर के छन् त कालिकामा विद्यार्थी र अभिभावक आकर्षित हुनुका मुख्य कारणहरू ?
जिल्लाकै पहिलो संस्थागत विद्यालय र सुगम केन्द्र

वि.सं. २०४७ सालमा स्थापना भएको कालिका अङ्ग्रेजी आवासीय मा.वि. प्युठान जिल्लाकै पहिलो संस्थागत विद्यालय हो। साढे तीन दशक लामो गौरवशाली इतिहास बोकेको यो विद्यालय जिल्लाको व्यापारिक तथा प्रशासनिक केन्द्र भाग (बिजुवार) मा अवस्थित भएकाले यातायात र पहुँचका हिसाबले अत्यन्तै सुगम छ।
अनुभवी शिक्षक र त्रिकोणात्मक सम्बन्ध
विद्यालयको सफलताको मुख्य मेरुदण्ड यहाँका समर्पित, दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरू हुन्। विद्यालयले केवल घोकन्ते विद्यामा मात्र जोड नदिई शिक्षक, विद्यार्थी र अभिभावकबिचको बलियो त्रिकोणात्मक सम्बन्धलाई प्राथमिकता दिएको छ। नियमित अभिभावक भेटघाट र रचनात्मक सल्लाह-सुझावले गर्दा विद्यार्थीको सिकाइ अवस्था चुस्त रहने गरेको छ।
प्रविधिमैत्री, परियोजना र प्रयोगात्मक शिक्षण विधि
परम्परागत शिक्षण शैलीलाई बदल्दै कालिकाले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरिरहेको छ। आधुनिक प्रयोगशाला (Lab), अडियो-भिजुअल कक्ष र सूचना प्रविधिको माध्यमबाट शिक्षण गराइन्छ। विद्यार्थीहरूलाई ‘भनेर भन्दा गरेर सिकाउने’ (Learning by Doing) सिद्धान्त अनुरूप परियोजना कार्य (Project Work) र प्रयोगात्मक विधिबाट अध्यापन गराइने हुँदा यहाँका विद्यार्थीहरू सिर्जनशील र आत्मनिर्भर बन्दै गएका छन्।
परीक्षामा निरन्तर ऐतिहासिक सफलता र ‘४ GPA’ को कीर्तिमान

शैक्षिक नतिजाका हिसाबले कालिका प्युठान जिल्लाकै एक ‘ब्रान्ड’ बनिसकेको छ। आधारभूत तह परीक्षा (BLE), विगतको SLC र हालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा विद्यालयले पटक-पटक नगरस्तरीय एवं जिल्लास्तरीय उपाधि हासिल गर्दै सर्वोत्कृष्ट स्थान सुरक्षित गर्दै आएको छ। विशेष गरी SEE परीक्षामा पटक-पटक सर्वोत्कृष्ट ‘४ GPA’ जस्तो ऐतिहासिक र दुर्लभ नतिजा ल्याएर विद्यालयले आफ्नो प्राज्ञिक श्रेष्ठता साबित गरिसकेको छ।
अतिरिक्त क्रियाकलाप र नेतृत्व विकास
किताबी ज्ञानका अतिरिक्त विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ, संगीत तथा चित्रकला जस्ता अतिरिक्त क्रियाकलाप (ECA) नियमित सञ्चालन हुन्छन्। यसले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न र नेतृत्व क्षमता विकास गर्न मद्दत पुर्याएको छ।
जेहेन्दार तथा गरिब छात्रवृत्तिको व्यवस्था
पैसाको अभावमा कोही पनि आर्थिक रूपमा विपन्न तर क्षमतावान् विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ विद्यालयले विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ। जेहेन्दार, गरिब, असाहाय तथा सीमान्तकृत समुदायका बालबालिकाहरूलाई प्रदान गरिने न्यायोचित छात्रवृत्तिले पनि धेरैलाई आकर्षित गरेको छ।
सुरक्षित र अनुशासित वातावरण
विद्यालयले विद्यार्थीको सुरक्षा र अनुशासनलाई उच्च प्राथमिकतामा राखेको छ। पारिवारिक एवं स्नेहपूर्ण वातावरण, सुविधासम्पन्न भौतिक पूर्वाधार, पर्याप्त खेलमैदान र स्वच्छ खानेपानीको व्यवस्थाले गर्दा विद्यार्थीहरू विद्यालय आउन लालायित हुने गर्दछन्।
निष्कर्षमा,
३६ वर्ष लामो अनुभव, प्रविधिको फ्युजन, उत्कृष्ट नतिजाको निरन्तरता र संस्कारयुक्त शिक्षाकै कारण कालिका अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय प्युठानकै एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ।
लेखक : दुर्गा गरुङ, कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालय विजुवार टारीका प्रिन्सीपल हुनुहुन्छ
