malvika
Worldlink

रोल्पामा नौमती बाजा बजाउने तालिम सम्पन्न

मुनाल पोष्ट,
रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालयबाट गंगादेव, रुन्टिगढी र लुङग्री गाउँपालिकामा सञ्चालन भएको तालिममा ४५ जना सहभागि भएका छन् ।

mallika

आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत सञ्चालित तालिममा प्रत्यक स्थानीय तहबाट १५ जना उपस्थित रहेको कार्यालयले जनाएको छ । कार्यक्रम उद्घाटनमा मन्तब्य राख्दै गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पुनले सिपलाई ब्यवसायमा बदल्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

riyan

नयाँ पुस्तामा सिपको हस्तान्तरण र सांस्कृतिक बाध्यबादनलाई व्यवसायिकरण गर्ने उदेश्यले आयोजित १५ दिने तालिममा रनबिर बराल, लक्ष्मण हिस्की, मान बहादुर कवर, राजेश नेपाली र स्थानीय कलाकारहरु जित बहादुर दमाई स्थानिय तुक बहादुर दमाई, बुजा दमाई लगायतले तालिमको सहजिकरण गर्नुभएको थियो ।

Marvel
Marvel
Loading...