
मुनाल पोष्ट
५४ औं विश्व वातावरण दिवस सरुमारानी गाउँपालिकामा बृहत कार्यक्रम गरि मनाइएको छ । शुक्रवार दिवसका अवसरमा बातावरण प्रदुसण र जलवायु परिवर्तन बारे विभिन्न स्टल पदर्शन र छलफल गरि दिवस मनाईएको हो ।
बातावरणमा परेको प्रभावलाई कम गरि नागरिकहरुमा जनचेतना अभिबृद्धि गर्न कार्यक्रम आयोजना गरिएको जनताका लागी उर्जा तथा वातावरण विकास सस्थाका प्रमुख कार्यकारी अधिकृत विराज गौतमले जानकारी दिनुभयो ।

समृद्धि भविष्यको आधार , जलवायु तथा प्रकृतिमैत्री विकास भन्ने मुल नाराका साथ प्यूठान जिल्लाका सरकारी विध्यालयहरुमा जैविक उर्जा र दाउराको निरुत्साहित गर्दै नेपालमै उत्पादित स्वच्छ उर्जाबाट दिवा खाजा पकाउने अभियान सुरु गरिएको हो । जनताका लागी उर्जा बातावरण विकास सस्था र जर्मन सरकार अन्तरगत अन्तराष्ट्रिय जलवायु कार्यक्रमको सहयोगमा सरुमारानीका ६ वटा माध्यमिक विद्यालयहरुमा दिवा खाजा सहजताका लागी इन्डक्सन चुलो सेट समेत वितरण गरिएको छ ।


कार्यक्रममा बोल्दै सरुमारानी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत त्रिविक्रम खड्काले मानविय क्रियाकलापले गर्दा क्रमिक रुपमा बातावरण विग्रदै गएको हुदा यसलाई जोगाउने हामी सबैको दायित्व रहेको बताउनु भएको छ ।
सहभगीहरुले जलवायु परिवर्तनले गर्दा मनसुन असोभाविक, पानीमा अनियमित, बनजंगलमा आगालागी कृषि उत्पादनमा ह्रास र मानव स्वास्थ्यमा समेत ठुलो असर पुर्याएको बताएका छन ।

मान्डवी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भिमकान्त भण्डारी र सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सोमै मगरले जलबायु परिवर्तन र यसको रोगथामका विषयमा पालिकाले निर्माण गरेका निति तथा कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो ।
जलबायु परिवर्तन संगै अतिवृष्टि र अनावृष्टिका कारण विद्युत उत्पादन क्षमतामा समेत समस्या आएको वुटवल पावर कम्पनीका उत्पादन प्रमुख सुन्दर पौडेलले बताउनु भएको छ । कार्यक्रममा विभिन्न स्टलहरु प्रदर्शन गरि जलबायु परवर्तन, यसको असर र समाधानको उपायका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
सरुमारानी गाउँपालिकाको आयोजना ,पालिकाका अध्यक्ष झग बहादुर विकको अध्यक्षतामा गरिएको कार्यक्रममा लुम्विनी प्रदेसका साम्सद तुल्सीराम शर्मा प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा बातावरण मैत्री विकास बारे छलफल भएको छ ।

डिभिजन वन कार्यालयको समन्वयमा जनताका लागी उर्जा तथा वातावरण विकास सस्थाको आर्थिक तथा प्राविधिक सहयोग र सोर्ड नेपाल हेफर परियोजना, प्रतिवद्ध ३ परियोजनाको सहकार्यमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसी, सरुमारानी गाउँपालिकाका उपाध्यक्ष वसन्ता खड्का, माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी, उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, डिभिजन बन कार्यालय प्यूठानका प्रमुख धनिस्वर न्यौपाने, नेपाल रेड्क्रस सोसाइटि प्यूठानका सभापती गुमानराज पुलामी , विद्यार्थी, पत्रकार र स्थानियहरुको उपस्थित रहेको थियो ।

