malvika
Worldlink

प्रथम लुम्बिनी लोकताराको लागी प्यूठानबाट सनम परियार सिफारिस

मुनाल पोष्ट
प्रथम लुम्विनी लोक ताराको प्यूठान अडिसन सनिवार विजुवारमा सम्पन्न भएको छ । ९ जना सहभागीले भाग लिएको अडिसनमा प्यूठान जिल्लाबाट प्रारम्भीक छनोट चरणमा सनम परियार उत्कृष्ट वन्नुभएको हो ।
प्यूठान नगरपालिका ७ पुण्यखोला घर भएका परियारले लुम्विनी प्रदेसका १२ वटै जिल्लाका सहभागी कलाकार संग प्रतिस्पर्धा गर्न पाउने निर्णायक भरतमणी पौडेलले जानकारी दिनुभयो ।

mallika

कार्यक्रमका प्रमुख अथिति मल्लरानी गाउँपालिका ४ का वडाध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार कुमार श्रेष्ठले सहभागीहरुलाई आगामी यात्राको लागी शुभकामना दिदै उत्कृष्ट बन्नुभएका परियारलाई जितको लागी शुभकामना व्यक्त गर्नूभएको छ ।

riyan

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष तुकमानसिङ कार्कीको अध्यक्षतामा  कार्यक्रमको संचालन पत्रकार सम्सेर विक्रम जिसीले गर्नू भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेस कार्यसमितिले आयोजना गरेको लोक तारामा विजेता बन्नेले नगद रु ५२ हजार २ सय २२ , उपविजेता बन्नेले ३२ हजार २ सय २२ र तेस्रो बन्नेले २२ हजा २ सय २२ रुपैया शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन ।
हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टा सम्मान नवप्रतिभाको प्रोत्सान भन्ने मुल नाराका साथ विश्व संगीत दिवस २०२६ को अवसरमा आयोजना गरिएको लुम्बिनी लोक ताराको फाइनल असार ७ गते कपिलवस्तुमा हुने आयोजक सस्थाले जनाएको छ ।

Marvel
Marvel
Loading...