malvika
Worldlink

रजवारामा अन्जुलीलाई ७६ हजार नगद सहित ठकुरी दर्शन समाजद्धारा भव्य सम्मान

मुनाल पोष्ट,
रजवारे मल्ल ठकुरी दर्शन समाजले खेलाडी अन्जुली मल्ललाई सम्मान गरेको छ । शनिवार गौमुखी गाउँपालिका ३ कोटघरमा एक कार्यक्रमको आयोजना गरि मल्ल समाजले अन्जुलीलाई नगद ७६ हजारले सम्मान गरेको हो ।

रजवाराकी स्थानिय समेत रहेकी खेलाडी अन्जुली मल्लले लुम्विनी प्रदेसले आयोजना गरेको १६ औं राष्ट्रिपति रनिङ शिल्डमा महिला तर्फ ३ हजार र १५ सय मिटर दौड प्रतियोगीतामा स्वर्ण पदक र रजत पदक पाएकी थिईन । मल्लले जिल्ला र गाउँलाई खेलको माध्यमबाट चिनाउन सफल भएको भन्दै सम्मान गरिएको मल्ल ठकुरी दर्शन समाजका सचिव विक्रम मल्लले जानकारी दिनुभयो ।

makre
mallika

१६ वर्षिय अन्जुलीलाई रजवाराका स्थानियले अविर र मालाले टाउकै छोप्नेगरी भव्य  सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै अन्जुलीले खेलप्रति अझ ससक्त भएर लाग्ने बताएकी छिन । कार्यक्रमका अवसरमा साविक रजवारा १ को देउराली स्वास्थ्य आमा समुह र ३ को समाज सुधार आमा समुहलाई २१ सय र २५ सयले सम्मान गरिएको छ ।

रजवारे मल्ल ठकुरी दर्शन समाजलका अध्यक्ष रुद्रवहादुर मल्लको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अथिति तत्कालिन रजवारा गाउँपञ्चायतका प्रधान बेल बहादुर मल्ल रहनुभएको थियो ।

Marvel
Marvel
Loading...