malvika
ma laxmi dental

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

">

मुनालपाेष्ट समाचारदाता

">

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको छ । शुक्रबार गाउँटोल आयोजना उद्घाटन संगै लाभान्वित समुायलाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको छ ।

३६ लाख ३७ हजार ४ सय ६५ रुपैयाँ लागतमा निर्मित गाउँटोल खानेपानी आयोजनाबाट ६९ परिवार लावान्वित भएका छन् । स्थानीय उपभोक्ताको १० लाख ६० हजार १ सय १९ रुपैयाँ बराबरको श्रमदान, गौमुखी गाउँपालिकाको ९ लाख ८७ हजार ६ य ३९ रुपैयाँ र नेपाल स्वास्थ्यका लागि पानी-नेवा) कार्यक्रमको १५ लाख ८९ हजार ७ सय ७ रुपैयाँ लागतमा उक्त आयोजना निर्माण भएको हो । शुक्रबार गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले रिवन काट्दै नवनिर्मित धाराबाट पानि खोलेर आयोजनाको उद्घाटन गर्नुभएको हो ।

आयोजना उद्घाटन गर्दै गिरीले गौमखी गाउँपालिकाको एक घर एक धारा पुर्याउने लक्ष्य अन्तरगत पालिका, नेवा र स्थानीय उपभोक्ताकोे साझेदारीमा पालिकामा ९ वटा खानेपानी परियोजना निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो ।

खानेपानी आयोजनामार्फत घर घरमा धारा बनेपछि खानेपानीका लागि लाईन कुर्नुपर्ने, कुवा र खोल्साको पानी खानुपर्ने वाध्यताबाट मुक्त भएको आयोजनाका उपभोक्ता रिता बढाले बताउनु भयो ।

आयोजनाका स्थानीय मर्मत कार्यकर्ता अमर सुनारले आयोजना सम्पन्न भएसंगै आफुहरुको दैनिकिमा निकै सहजता आएको बताउनु भयो ।
गाउँपालिका, नेवा परियोजना र उपभोक्ताको साझेदारीमा सम्पन्न हुने ९ वटा आयोजनाबाट गौमुखी गाउँपालिकाका ४ सय ९७ वटा खानेपानी धाराहरु निर्माण भएको उपाध्यक्ष महाविर रानाले बताउनु भयो ।

Sarbottam
Loading...