malvika
Sarbottam

भानु मावि बर्वोटको विव्यस अध्यक्षमा पहिलोपटक दलित समुदायका परियार चयन

">

मुनाल पोष्ट,
प्यूठानको भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका ३ बर्वोटमा पहिलोपटक विद्यालय व्यवस्थापन समितिको नेतृत्व दलित समुदायले पाएको छ । आईतवार विद्यालयमा बसेको समितिको वैठकले स्थानिय मिन बहादुर परियार लाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

२०२९ सालमा स्थापना भएको विद्यालयमा परियार ११ औं अध्यक्षमा चयन हुनुभएको हो । लामो समय समुदायको संघर्षवाट आएका परियार उक्त विद्यायलका अबिभावक  हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहनुभएका योग्य व्यक्तिलाई समितिले अध्यक्षमा चयन गरेको प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिनुभयो ।

यसअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जिवलाल खत्री , फन बहादुर पुन, अमरध्वज राना मगर, बोम बहादुर खत्री, केशर बहादुर अधिकारी , लंक बहादुर केसी, वुद्ध बहादुर जिसी , पदमपाणि उपाध्याय, खगेश्वर उपाध्याय र सेमलाल शर्मा रहनुभएको थियो ।
स्वर्ण महोत्सव समेत सम्पन्न गरेको विद्यालयमा हाल कक्षा १ देखी १२ सम्म साधारण विषय र कक्षा ९ देखी १२ सम्म कृषि बालि विज्ञान विषय समेत अध्ययन हुदै आएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।

Worldlink
Loading...