malvika
ma laxmi dental

झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी ६२ करोड भन्दा बढी बजेट ल्यायो

">

मुनाल पोष्ट,
झिमरुक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ६२ करोड भन्दा बढि बजेट लिएको छ । बुधबार गाउँपालिकाको सभाहलमा उपाध्यक्ष प्रमोद पोख्रेलले पालिकाको ६२ करोड १७ लाख ३१ हजार ५ सय रुपैया बरावरको बजेट प्रस्तुत गर्नूभएको हो ।

">

उपाध्यक्षले प्रस्तुत गर्नुभएको बजेटलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको भिमरुक गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो । गत आर्थिक वर्ष पालिकाको बजेट ६४ करोड भन्दा बढी थियो यस आर्थिक वर्ष २ करोडले बजेट कम आएको गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

पालिका स्तरको अस्पताल निर्माणको लागी आउनुपर्ने रकम गत आर्थिक वर्षमै आएको हुदा २०८२/०८३ मा धेरै बजेट देखिएको र आगामी आर्थिक वर्षका लागी सोहि रकम कटौती हुदा कम देखीएको अध्यक्ष एमसीको भनाई छ ।

Sarbottam
Loading...