
">मुनाल पोष्ट,
प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३ / ०८४ का लागी करिव ८९ करोड भन्दा भन्दा बढी बजेट ल्याएको छ ।बुधवार सभामा उपप्रमुख देबेन्द्र बर्माले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ८९ करोड, ८८ लाख १० हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
उक्त बजेट आर्थिक वर्ष २०८२/०८३ को भन्दा कम रहेको नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले जानकारी दिनुभयो ।

