
">मुनाल पोष्ट,
मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्नुभएको छ । बुधवार सभामा उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ४१ करोड ३९ लाख ९ हजार ७०९ रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो।
पाचवटा वडालाई २७ लाखका दरले बजेट प्रदान गरेको गाउँपालिकाले मिसन रोजगारी अभियान अन्र्तगत दिगो रोजगारी र उद्यमशिलता प्रवद्धन अभियान संचालन गर्न कृषक अनुदान प्रोत्साहन कार्यक्रममा ९ लाख ७० हजार रुपैया बजेट बिनियोजन गरेको छ । यस्तै गाउँपालिकाले करार कर्मचारी, शिक्षक, बिद्यालय कर्मचारी र बिद्यालय सहयोगीको तलव १० प्रतिशतले बृद्धि गरेको छ ।

