
">मुनाल पाष्ट,
प्यूठानको सरुमारानी गाउँपालिकाले हाटवजार संचालन गरेको छ । सनिवार लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २ नम्वर वडा दर्भान स्थित १४ नम्वर स्थानमा हाटवजारको उद्घाटन गर्नूभएको हो ।
कार्यक्रमका प्रमुख अथिति लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानिय उत्पादनको वजारीकरणले मात्र ग्रामिण अर्थतन्त्र सुदृढ हुने बताउदै किसानका उत्पादनलाई मात्र हाटवजारमा विक्री वितरण गर्न आग्रह गर्नुभएको छ ।
स्थानिय किसानहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई प्रवद्र्धन र उनिहरुलार्य उद्यमसंग जोड्ने उदेश्यले हाटवजनार संचालन गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
विकले भन्नुभयो हाटवजारलाई व्यवस्थि गर्ने गरि हामीले १६ लाख भन्दा बढी रकम खर्च गरेर भौतिक संरचना समेत निर्माण गरेका छौ, उक्त ठाउमा किसानले प्रत्येक हप्ताको सनिवार आफ्नो उत्पादनलाई विक्री वितरण गर्न पाउनेछन । स्थानिय किसानको उत्पादनलाई लक्षित गरेर पालिकामै अदुवा प्रसोधन केन्द्र स्थापना गर्ने तयारी रहेको उहाको भनाई छ ।
त्यस्तै कार्यक्रममा पूर्व मन्त्री तथा लुम्विनी प्रदेशका सदस्य लुल्सीराम शर्माले यस क्षेत्रको कृषि विकासका लागि सिँचाई सवैभन्दा ठुलो चुनौति रहेको बताउदै राप्ती नदिको पानी लिप्ट इसिगेसनमार्फत ल्याउन सके कृषि उत्पादनमा उल्लेखनिय वृद्धि हुने धारणा राख्नुभयो ।
संविधानसभा सदस्य धन बहादुर रायमाझीले किसानले आफ्नो उत्पादनको मुल्य आफै निर्धारण गर्न सक्ने बातावरण सृजान हुन आवस्यक रहेको बताउनुभयो ।
पालिकाका उपाध्यक्ष बसन्ता खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन देवराज पाण्डेले गर्नुभएको थियो ।

