
">मुनाल पोष्ट
मुक्ति माध्यमिक विद्यालय रातामाटाका प्रधानाध्यापक दामोदर विष्ट सम्मानित हुनुभएको छ । आईतवार प्यूठान नगरपालिकाले आयोजना गरेको विद्यालय, शिक्षक र विद्यार्थी प्रोत्साहन एवं सम्मान कार्यक्रममा विष्ट २०८२ सालमा प्यूठान नगरपालिका बाट उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मानित हुनुभएको हो ।
नगरपालिकाको शैक्षिक उन्नयनमा महत्वपुर्ण योगदान गरेको भन्दै विष्टलाई नगद सहिद सम्मान गरिएकोे थियो । सम्मान गह्रण गर्दै विष्टले यो उपलव्धी व्यक्तिगत सफलता नभई विद्यालय परिवारको सामुहिक प्रयासको परिणाम रहेको बताउनु भएको छ ।
प्यूठान नगरपालिका ३ मा रहेको विष्ट कार्येरत मुक्ति माध्यमिक विद्यालय रातामाटा उत्कृष्ट विद्यालयको सम्मान समेत उहाले ग्रहण गर्नुभएको छ ।

