malvika
ma laxmi dental

मल्लरानीमा २३ औं धान दिवस भब्य रुपले मनाईयो

">

मुनाल पोष्ट,
२३औँ राष्ट्रिय धान दिवस मल्लरानी गाउँपालिकामा विविध कार्यक्रमसहित दिवस मनाइएको छ। जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ मल्लरानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, चुँजाठाँटी प्यूठानको आयोजनामा मंगलबार चुँजाठाँटी स्थित कृषक धनपति पौडेलको खेतमा सामूहिक रोपाइँ गर्दै धान दिवस मनाइएको हो।

">

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णबहादुर खड्काले कृषि उत्पादन वृद्धि, आधुनिक तथा जलवायुमैत्री प्रविधिको प्रयोग र कृषकको आयआर्जन अभिवृद्धिमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्का सहभागी हुनुभएको थियो भने विशेष अतिथिका रूपमा गाउँपालिकाका संस्थापक अध्यक्ष अमरध्वज राना रहनुभएको थियो।

त्यसैगरी मल्लरानी गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लेखबहादुर थापा, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद शर्मा, मल्लरानी गाउँपालिका कृषि विकास शाखा प्रमुख मोति आचार्य तथा वडा नं। २ अन्तर्गतका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

यस्तै, वडा अध्यक्ष तथा प्रवक्ता लेखबहादुर थापाले कृषि क्षेत्रको विकास नै ग्रामीण समृद्धिको आधार भएको उल्लेख गर्दै कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने बताउनुभयो। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद शर्माले जलवायु परिवर्तनका चुनौतीबीच उत्पादन वृद्धि गर्न प्रविधिमैत्री खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो।
धान दिवसको अवसरमा मल्लरानी गाउँपालिका वडा नं। २ र ३ का उत्कृष्ट कृषि तथा धान उत्पादन गर्ने कृषकहरू विष्णुप्रसाद भट्टराई, धनपति पौडेल र वीरबहादुर रानालाई सम्मान गरिएको थियो। सम्मानित कृषकहरूको योगदानले अन्य कृषकलाई समेत कृषि उत्पादनमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, कृषि प्राविधिक, सहकारीकर्मी तथा कृषकहरूले सामूहिक रूपमा रोपाइँ गर्दै असार १५ को सांस्कृतिक तथा कृषि महत्त्वलाई उजागर गरेका थिए। बाजागाजा र नाचगान सिहत सुरुभएको कार्यक्रमले कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषिप्रति युवाको आकर्षण बढाउन सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन मल्लरानी गाउँपालिका वडा नं। ३ का पूर्व वडा अध्यक्ष गिरीराज पौडेलले गर्नुभएको थियो। धान दिवसको अवसरमा आयोजित कार्यक्रमले कृषक सम्मान, कृषि प्रवर्द्धन तथा खाद्य सुरक्षामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Sarbottam
Loading...