malvika
ma laxmi dental

धान दिवसमा कृषकलाई गरियो सम्मान

">

मुनाल पोष्ट,
प्यूठानमा धान दिवस विविध कार्यक्रम गरि मनार्ईएको छ । सोमबार २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई दिवसको अवसर पारि खैरामा आयोजित कार्यक्रममा प्यूठानका उत्कृष्ट किसानलाई सम्मान गरिएको हो ।

">

सम्मानित हुने किसानहरुमा व्यवसायिक कृषि उद्यमी भोजबहादुर बस्नेत, चैते धान तर्फ स्वर्गद्वारी नगरपालिकाका जितेन्द्र केसी, अदुवा बेसारतर्फ नौबहिनी गाउँपालिकाका सीताराम केसी, तरकारी तथा बिउ उत्पादन तर्फ मल्लरानी गाउँपालिकाका अमर बहादुर जीएम र ताजा तरकारी तर्फ प्यूठान नगरपालिका ८ कि सरस्वती गिरी रहेका छ्न ।
शिवशक्ति बहुउद्देश्य कृषि सहकारी संस्था खैराकी अध्यक्ष तिला बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्तीराज प्रसाई, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई प्यूठानका प्रमुख चुमानसिङ गिरी, प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठ, नगरपालिकाकी कृषि साखा प्रमुख सिर्जना सेडाई लगायतको उपस्थित रहेको थियो ।

Sarbottam
Loading...