
">मुनाल पोष्ट,
जेएस कम्पनी ललितपुरद्धारा जिवन परियारले प्यूठानमा शैक्षिक सामग्री वितरण गर्नुभएको छ । प्यूठान उद्योग बाणिज्य संघ संग समन्वय गरेर परियारले बालवालिकाको पढाईप्रति उत्साह जागोस भन्ने उदेश्यले जिल्लाका २ वटा विद्यालयमा निशुल्क शैक्षिक सामग्री वितरण गरिएको बताउनु भयो ।
मंगलबार भुमिस्वरी आधारभुत विद्यालय प्यूठान नगरपालिका १ खैरा कुमिकोटका १ सय ७६ जना विद्यार्थीलाई झोला, कपि र पेन हस्तान्तरण गरिएको छ । सोमबार महेन्द्र उच्च माध्यमिक विद्यालय खलंगामा अध्ययनरत १८ जना फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
खैरामा आयोजित कार्यक्रममा प्रमुख अथिति प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले राज्यले गर्नुपर्ने काम निजि क्षेत्रवाट भएको हुदा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्यूठान उद्योग बाणिज्य संघको स्थापना दिवसका अवसरमा जेएस कम्पनी संग सहकार्य गरेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देस आचार्यले बताउनु भयो ।
कार्यक्रममा मल्लरानी गाउँपालिका ५ का वडाध्यक्ष गोपाल थापा, भुमिस्वरी आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष छविलाल विश्वकर्मा , नेपाल पत्रकार महासंघ प्यूठानका सहसचिव बोम बहादुर परियार, प्यूठान उद्योग बाणिज्य संघका एसोसियट सदस्य डिल्लीराज पराजुली, लगायतले मन्तव्य राखेका थिए । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देस आचार्यको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन भुमिस्वर आधारभुत विद्यालयका प्रधानाध्यापक दामोदर आचार्यले गर्नुभएको थियो ।

