malvika
ma laxmi dental

प्यूठानमा ११ जना जुवाडेहरु नगदसहित पक्राउ

">

मुनाल पाेष्ट

">

प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ बाँझिपुर स्थित एक होटलमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट प्रहरीले १ लाख ८५ हजार ११२ रुपैंया नगद नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक गणेश ज्ञवालीको कमाण्डमा खटिएको टोलीले जुवा खेल्न प्रयोग गरिएका नखोलेको २३ गड्डी तास र एक गड्डी खोलेको तास समेत वरामत गरिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासत कक्षमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Photo Source : AI

Sarbottam
Loading...