malvika
Sarbottam

प्याव्सन प्यूठानद्धारा सामाजिक सुरक्षा कोष र ट्राफिक सचेतना सम्वन्धी अन्तरक्रिया

">

प्रमेश परियार, प्यूठान
निजी तथा आवासीय विद्यालय आर्गनाईजेशन नेपाल (प्याव्सन) प्यूठानले निजी स्कुलका संचालक र प्रधानाध्यापक हरुसंग सामाजिक सुरक्षा कोषका योजना र शिक्षक, गाडि चालक, सहचालकहरुसंग ट्राफिक सचेतना सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आईतवार जुम्रीमा आयोजना गरिएको कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवलका आईटी प्रमुख खिम बहादुर कार्कीले सामाजिक सुरक्षा कोष श्रमिक, रोजगारदाता सवैको पक्षमा रहेको बताउनु भयो । उक्त कोषले औसधी उपचार र ऋण प्रदान गर्ने भएको हुदा उहाले सवै सस्थाहरु र श्रमिकहरुलाई कोषमा आवद्ध हुन आग्रह गर्नु भएको छ ।

Sarbottam

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख विष्णु प्रसाद न्यौपानेले सडक दुर्घटना कम गर्न जेव्रा क्रसिङ, ओभर टेक, ट्राफिक बत्तीको प्रयोग, लेन अनुसासन सवैले पालना गर्ने बताउनुभयो । उहाले सवै गाडिहरु र स्कुल बसहरुमा अनिवार्य सहचालक राखी विद्यालय बजार क्षेत्रहरुमा विद्यार्थी तथा पैदल यात्रीहरुलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको हो । जसले गर्दा सडक दुर्घटना कम गर्न सकिने उहाको भनाई छ ।

त्यस्तै निजी तथा आवासीय विद्यालय आर्गनाईजेशन नेपाल (प्याव्सन) प्यूठानका सचिव सरद गौतमले राज्यले लिएको अवधारणलाई क्रमिक रुपमा पालना गरि प्याव्सनले शिक्षक तथा कर्मचारीहरुलाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने बताउनु भयो ।

प्याव्सन प्यूठानका अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अथिती प्यूठान नगरपालिकाका मेयर विष्णु वहादुर योगी रहनुभएको थियो । प्याव्सन प्यूठानका वरिष्ठ सदस्य केशवराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव सरद गौतमले गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले कार्यक्रम महत्वपुर्ण रहेको प्रतिक्रिया दिएका छन ।

Worldlink
Loading...