malvika
Sarbottam

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा सम्पन्न

">

मुनाल पोष्ट,
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समिक्षा सम्पन्न भएको छ । विहिवार खलंगामा आयोजित समिक्षा कार्यक्रममा बालवालिकालाई खुवाईदै आएको स्वर्ण विन्दु प्रासनका विषयमा गम्भिर छलफल भएको हो ।

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले स्वर्णविन्दु प्रासनलाई स्थानिय स्तरमै लगेर खुवाउन निर्देशन गर्नुभएको छ । अहिले जिल्लाका केहि पालिकाहरुले आफ्नै पालिकाबाट बालवालिकाहरुलाई स्वर्णविन्दु प्रासन खुवाउने तयारीमा रहेका छन । बाकि स्थानिय तहहरुसंग पनि सहकार्य गरि सवै बावबालिकाको पहुचसम्म स्वर्ण विन्दु प्रासन कार्यक्रमलाई लैजाने तयारीमा रहेको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र आस्पताल विकास समितिका अध्यक्ष रमेश विश्वकर्माले बताउनु भयो ।

जिल्लाभरवाट अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ४८ हजार ३ सय ५४ जना विरामीले आयुर्वेदिक सेवा लिएका थिए भने गत आर्थिक वर्षमा ४३ हजार ८ सय उनब्वे जनाले आयुर्वेदिक सेवा लिएका हुन । सेवा ग्राहिको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घट्दो क्रममा रहेको छ । पालिकाले समयमै कर्मचारी भर्ना नगर्नाले सेवाग्राहिको संख्या घटेको हुनसक्ने कार्यालयका निमित्त प्रमुख टुक बहादुर रोकाले बताउनु भयो ।

Sarbottam

जिल्लाका ६४ वडा मध्य ५६ वडामा नागरिक आरोग्य समिति गठन भएको छ । कार्यालयले समितिहरुमार्फत नागरिकहरुलाई नसर्नेरोग, जंगफुट, योग प्रणायम, स्वस्थ जिवनशैली, भान्सा सुधार लगायतका विषयमा सचेत गराउदै आएको छ ।
९ वटा स्थानिय तह रहेको प्यूठान जिल्लामा एक स्थानमा आयुर्वेद स्वास्थ्य केन्द, ३ स्थानमा आयुर्वेद औसधालय , ७ स्थानमा नागरिक आरोग्य केन्द्र, प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र एक स्थानमा विस्तारीत आयुर्वेद स्वास्थ्य केन्द्र गरि १२ स्थानबाट आयुर्वेदिक सेवा प्रवाह भैरहेको छ ।

समिक्षा कार्यक्रममा २ जना कर्मचारी सामना परियार र माया खड्कालाई सम्मान समेत गरिएको हो । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुुर खड्का, स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत प्रभा ज्ञवाली, पातन्जली योग समिति लुम्विनी प्रदेसका संयोजक डाक्टर ओमहरी भट्टराई, जिल्ला स्तरिय नागरिक आरोग्य समितिका सदस्य लक्ष्मी श्रेष्ठ, बुकि मिडिया प्रालिका अध्यक्ष बोमबहादुर परियार लगायतले मन्तव्य राख्नुभएको थियो । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको संचालन डाक्टर तारा पोख्रेलले गर्नुभएको थियो ।

Worldlink
Loading...