
">मुनाल पोष्ट,
प्यूठानमा नेपाल आयुर्वेद तथा योग स्वास्थ्यकर्मी समाज गठन भएको छ । बुधवार खलंगामा बसेको बैठकले तेज प्रसाद अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्ष शुस्मीता श्रेष्ठ, सचिव सामना परियार, कोषाध्यक्ष अस्मीता केसी सदस्यहरुमा गोमा लामिछाने, कल्पना विक, दुर्गा खड्का, नारायण गिरी रहनुभएको छ । सल्लाहकार ओमहरु भट्टराई,ओविराम भण्डारी र टुक बहादुर रोका रहनुभएको छ ।
जिल्लामा पहिलोपटक नेपाल आयुर्वेद तथा योग स्वास्थ्यकर्मी समाजको नेतृत्व पाउनुभएका अधिकारीले जिल्लामा समितिलाई बलियो ढंगले अगाडी बढाउने विश्वास समेत व्यक्त गर्नूभएको छ । कार्यक्रममा नेपाल आयुर्वेद तथा योग स्वास्थ्यकर्मी समाज लुम्विनी प्रदेसका निमित्त अध्यक्ष थानेस्वर न्यौपाने, उपाध्यक्ष डाक्टर ओमहरु भट्टराई, प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख टुक बहादुर रोका, डाक्टर तारा पोख्रेल, डाक्टर आर्जु रावत लगायतको उपस्थिति रहेको थियो।
