malvika
Sarbottam

प्यूठानमा यसपटक ४ स्थानबाट स्वर्ण विन्दु प्राशन खुवाइदै

">

मुनाल पोष्ट,
प्यूठानमा यस पटक ४ स्थानबाट बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशन खुवाईने भएको छ । ९ वटा स्थानिय तहहरु रहेको प्यूठान जिल्लामा ३ वटा स्थानिय तह र एक प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र गरि ४ स्थानबाट प्रासन खुवाउन लागीएको हो ।

१ वर्ष देखी ५ वर्ष सम्मका बालबालिकाहरुलाई खुवाउने उक्त स्वर्ण विन्दु प्रासन माण्डवी गाउँपालिकाले मान्डवी आधारधुत अस्पताल देविस्थान बाट खुवाउने भएको छ भने नौवहिनी गाउँपालिकाले बहाने आयुर्वेद औषधालय लुङ बहानेबाट खुवाउने प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख टुक बहादुर रोकाले जानकारी दिनुभयो ।
उहाका अनुसार स्वर्गद्धारी नगरपालिकाले भिंग्री आयुर्वेद औषधालय भिंग्रीबाट स्वर्ण विन्दु प्राशन खुवाउने भएको छ । हरेक महिनाको पुष्य नक्षेत्रको दिन पारी खुवाउने उक्त प्रासन ज्वरो, झाडापखला, आउ, मासी, रुघाखोकी र अन्य जटिल विरामी बालबालिकाहरुलाई खुवाउन नहुने कार्यालयले जनाएको छ । यस पटक भदौ २३ गते स्वर्ण विन्दु खुवाउने सुभ दिन रहेको छ ।

तस्वीर :  ए.आई प्रविधिको सहयोगमा तयार पारिएको हो । 

Worldlink
Loading...