
">मुनाल पोष्ट,
नेपाल पत्रकार महासंघ प्यूठाको बैठक सोमवार विजुवारमा सम्पन्न भएको छ । महासंघ प्यूठान शाखाकी उपाध्यक्ष नर्मदा भट्टको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण निर्णय गरेको हो ।
बैठकमा साखा अध्यक्ष श्रीराम भण्डारीले आफुसंग आर्थिक अनियमीतताका बिषयमा जोडिएर विभिन्न मिडियामा प्रकाशन भएको समाचारका विषयमा लिखित स्पष्टिकरण दिनुभएको छ । गत वैशाख २६ गते निर्णय भएअनुसार अध्यक्ष भण्डारीले लुप्लुङ मावि नौवहिनी ८ फोप्लीको निर्माण सामाग्री खरिदका विषयमा लिखित स्पस्टीकरण समितिमा पेस गर्नुभएको हो । वैठकमा अध्यक्ष भण्डारी र उक्त विषयसंग जोडिएका संस्था, निकाय, व्यक्ति, व्यवसाय, तथा मिडिया संग आवस्यक सोधपुछ कागजात जाँच, सत्य तथ्य अध्ययन तथा मुल्यांकन गरि विषयलाई अन्तीम किनारा लगाउने निर्णय गरिएको छ ।


भण्डारीको विषयलाई ७ दिन भित्रमा किनार लगाउने अधिकार सहित साखाका पुर्व अध्यक्ष शुशिल पोख्रेलको संयोजकत्वमा गिरु प्रसाद भण्डारी र सन्जय रिजालको ३ सदस्यीय कर्यदल गठन समेत गरिएको महासंघले जनाएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व अध्यक्ष तथा छानविन समिति कार्यदलका संयोजक शुशिल पोख्रेलले महासंघले दिएको अधिकारलाई कर्यदल मार्फत गहिरो ढंगले अध्ययन गरि सत्यतथ्य छिटै बाहिर ल्याउने बताउनु भयो ।
