
">मुनाल पोष्ट
रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालय विजुवार टारीले २ लाख आर्थिक सहयोग गरेको छ । निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनले देशभरी संचालन गरेको विपद राहात सहयोग अभियानमा ऐक्यवद्धता जनाउदै विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय स्वंयमको सहभागीतामा संगलन भएको रकम प्याव्सन प्यूठानका सचिव सरद गौतमलाई हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरुबाट ५२ हजार १ सय ८० रुपैया, शिक्षक तथा कर्मचारी बाट ३८ अजार ३ सय ५३ रुपैया र विद्यालयको तर्फबाट १ लाख ९ हजार ४ सय ६७ रुपैया गरि जम्मा २ लाख संकलन गरिएको रकम जिल्ला प्याव्सन मार्फत केन्द्रिय प्याव्सन हुदै प्रधानमन्त्री विपद् राहात खातामा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर गुरुङले जानकारी दिनुभयो ।
भदौ १० गते बिहान करिब ९: ३० बजे आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा चितवनलगायतका क्षेत्रमा भएको मानवीय तथा चौपायाको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालयले रकमा संकलन गरेको हो । विपदका समयमा विडितहरुको दुखमा साथ दिने, विद्यार्थीहरुमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना अभिवृदि गर्ने उदेश्यले समेत अभियानमा सहभागी जनाएको प्रधानाध्यापक गुरुङको भनाई छ ।
