malvika
Sarbottam

सारदा मावि सापडाँडाको अभिभावक भेला, भवन उद्घाटन र सामाजिक परिक्षण सम्पन्न

">

मुनाल पोष्ट,
सारदा माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ सापडाँडाको अभिभावक भेला तथा २ कोठे पक्की भवनको उद्घाटन र विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष सुस्मीता खड्काको अध्यक्षतामा विहिवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यालयको आर्थिक, शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो ।

२ सय ८१ जना विद्यार्थी रहेको विद्यालयमा कक्षा उत्तीर्ण दर ८७ प्रतिशत रहेको छ भने सिकाई उपब्धी २.७९ जिपिए रहको शिक्षक प्रचन्ड खड्रकाले प्रतिवेदनमा पेश गर्नुभएको छ । सतप्रतिसत विद्यार्थी भर्ना रहेको विद्यालयमा वर्षभरी २ सय १६ दिन विद्यालय खुलेको थियो भने पढाई १ सय ९७ दिन संचालन भएको हो । विद्यालयको आर्थिक प्रतिवेदनमा १ करोड ३४ लाख ८० हजार ६ सय २६ रुपैया आम्दानी र कुल खर्च १ करोड २६ लाख ३५ हजार ८ सय ३५ रुपैया रहेको छ । विद्यालयको आन्तरीक श्रोत गरि जम्मा वचत रकम ११ लाख ५० हजार ५ सय ७९ रुपैया रहको छ ।

विद्यालयमा गत आर्थिक वर्षमा प्यूठान नगरपालिका र नेपाल रेड्क्रस सोसाईटी विपद कोषबाट १० लाख बरावरको भौतिक सुधारको कामहरु सम्पन्न भएको थियो । पुन नगरपालिकाको ६ लाख ५० हजार सहयोगमा विद्यालयमा गेट निर्माण र लाईव्रेरी समेत स्थापना गरिएको छ । नगरपालिकाकै ३० लाख सहयोगमा गत वर्ष विद्यालयमा २ कोठे पक्की भवन समेत सम्पन्न भएको खड्काको भनाई छ । उक्त भवनको विहिवार प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी र वडाध्यक्ष सुमनराज श्रेष्ठद्धारा उद्घाटन गरिएको हो ।

Sarbottam

उद्घाटन कार्यक्रममा मेयर विष्णु बहादुर योगीले बालबालिकालाई सामुदायीक विद्यालयको महत्वबारे स्वयंम अभिभावकहरुले सिकाउनुपर्ने बताउनुभएको छ । उहाले मेयर योगीले यसपटक संघीय सरकारले हरेक वर्ष नगरपालिकाको शिक्षा क्षेत्रमा दिइने अनुदानलाई समेत घटाएको र केहिपनी नदिएको बताउनु भएको हो ।

त्यस्तै वडाध्यक्ष सुमनराज श्रेष्ठले वडाको विकासमा निरन्तर लागीरहेको बताउदै शिक्षा क्षेत्रको विकासमा पनि सम्वन्धीत सरोकारवालाहरुसंग समन्वय गरेर अगाडी वढेको बताउनु भयो । मुक्ति माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक टंक बहादुर खड्काले सारदा माध्यमिक विद्यालय सापडाँडामा वुवा र आमाको स्मृतीमा थम्मन पदमा अवार्ड अक्षयकोषको स्थापना गरिएको बताउनुभएको छ ।

कार्यक्रममा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण र विभिन्न विषयमा सतप्रतिसत विद्यार्थी पास गराउने शिक्षकलाई समेत सम्मान गरिएको थियो । प्यूठान नगरपालिकाका मेयर विष्णु वहादुर योगी प्रमुख अथिति रहनुभएको कार्यक्रममा मुक्ति माध्यमिक विद्यालय रातामाटाका पुर्व प्रधानाध्यापक टंक बहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र खड्का, प्रधानाध्यापक यज्ञराज अधिकारी, नेपाल रेड्क्रस सोसाईटीका जिल्ला सभापती गुमानराज पुलामी लगायतले मन्तव्य राखेका थिए । शिक्षक बल वहादुर घर्तिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक रोमाराम पण्डितले गर्नुभएको थियो ।

Worldlink
Loading...