malvika
Sarbottam

प्याब्सन प्यूठानद्धारा भोटेकोशी बाढी पिडितका लागी १२ लाख भन्दा बढी रकम सहयोग

">

मुनाल पोष्ट,
प्यूठान जिल्लामा संचालित संथागत विद्यालयहरुको संगठन निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याव्सन प्यूठानले भोटेकोशी वाढी पहिरोबाट प्रभावित नगरिकहरुको उद्धार राहत तथा पुनस्थापना कार्यमा सहयोग पुराउन १२ लाख ८२ हजार ७ सय ८ रुपैया सहयोग गरेको छ । जिल्लाभर संचालनमा रहेका ४० बोर्डिङ स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी र संस्थागत गरि उक्त रकम जम्मा भएको हो ।

विहिवार प्रधानमन्त्री दैविप्रकोप राहतकोषमा जम्मा हुनेगरी प्याव्सन केन्द्रिय कार्यालयमा सहयोग रकम जम्मा गरिएको प्याव्सन प्यूठानका सचिव सरद गौतमले जानकारी दिनुभयो । जिल्लाको कालिका आवासीय माध्यमिक विद्यालय विजुवार टारीले २ लाख , पव्लिक ईङलिस बोर्डिङ स्कुल दाखाक्वाडीले १ लाख २६ हजार ७ सय १५ रुपैया, लोक चेतना एकेडेमी भिंग्रीले ९ हजार ४५ रुपैया, प्यूठान सनराईज एकेडेमी लामाचौरले ६९ हजार ९ सय ३० रुपैया, स्वर्गद्धारी एकेडेमी भिंग्रीले ६७ जहार १ सय ७१ रुपैया, मल्लरानी ईङलिस बोर्डिङ स्कुल खलंगाले ५५ हजार २ सय ३० रुपैया, स्वर्गद्धारी पब्लिक बोर्डिङ स्कुल खप्रेङखोलाले ५१ हजार ५ सय ५१ रुपैया, प्यूठान भ्याली एकेडेमी वाग्दुलाले ५० हजार ८ सय ७५ रुपैया, ऐरावति ईङलिस बोर्डिङ स्कुल दर्भानले ५० हजार सहयोग गरेको छ ।

त्यसैगरी तुसारा ग्रेड फ्युचर स्टार बोर्डिङ स्कुल तुसाराले ५० हजार रुपैया, लर्निङ हेभन एण्ड रिसर्च स्कुल पुण्यखोलाले ३८ जार ४ सय १५ रुपैया, माण्डवी ईङलिस बोर्डिङ स्कुल जावुनेले ३१ हजार २ सय ५० रुपैया, स्वर्गद्धारी ईङलिस बोर्डिङ स्कुल ददेरीले ३० हजार ११ रुपैया, रेन्बो एकेडेमी जुम्रीले ३० हजार, राईजिङ फ्युचर एकेडेमी कैरनले २९ हजार २ सय ३५ रुपैया, दर्पण विद्या सदन सारीले २६ हजार ३ सय ६० रुपैया, रोज डाइनामिक ईङलिस बोर्डिङ स्कुल फोप्लीले २५ हजार ३ सय ५० रुपैया, प्यूठान व्राईट फ्युचर ईङलिस बोर्डिङ स्कुल मरन्ठानाले २३ हजार ५ सय रुपैया सहयोग गरेको हो ।

Sarbottam

त्यस्तै सनवेज ईङलिस बोर्डिङ स्कुल धुवाङले २३ हजार २ सय ८० रुपैया, मोर्डन अरुणा ईङलिस बोर्डिङ स्कुल बरौलाले २१ हजार ९ सय १५ रुपैया, बाङगेशाल गौमुखी मेमोरियल स्कुल बाङगेशालले २० हजार १ सय ७५ रुपैया, नारिकोट ईङलिस बोर्डिङ स्कुल नारिकोटले १५ हजार, जुम्री स्टार ईङलिस बोर्डिङ स्कुल जुम्रीकाडाले १५ हजार, झिमरुक ईङलिस बोर्डिङ स्कुल चुजाठाटीले १५ हजार, गौमुखी ईङलिस बोर्डिङ स्कुल मच्छीले १४ हजार ९ सय ५० रुपैया, प्यूठान स्वर्गद्धारी एकेडेमी खालले १२ हजार, झिमरुक सनराईज ईङलिस बोर्डिङ स्कुल खैराले १० हजार १ सय ३० रुपैया, सरुमारानी ईङलिस बोर्डिङ स्कुल बड्डाडाले १० हजार ३० रुपैया, इख्ना ईङलिस बोर्डिङ स्कुल लिवाङले १०हजार रुपैया, श्री बराह ईङलिस बोर्डिङ स्कुल ठुलावेसीले १० हजार, रेडरोज आदर्श ईङलिस बोर्डिङ स्कुल माजकोटले १० हजार, शिर्जनशिल तारा ईङलिस बोर्डिङ स्कुल मरन्ठानाले १० हजार रुपैया सहयोग गरेको छ ।

त्यसैगरी प्यूठान नमुना एकेडेमी चिसावाङले ६ हजार रुपैया, टेन स्टार ईङग्लीस वोर्डिङ स्कुल तुसाराले ६ हजार रुपैया, ओखरकोट नेशनल ईङिग्लस वोर्डिङ स्कुल ढाडले ६ हजार रुपैया, सनराईज ईङलिस बोर्डिङ स्कुल गोब्दीले ५हजार रुपैया, बार्जिवाङ नाईस एकेडेमी वर्जिवाङले ५ हजार, भिजन ईङग्लीस बोर्डिङ स्कुल लुङले ५ हजार, भविष ईन्टरनेशनल एकेडेमी दमारले २ हजार ५ सय ९० रुपैया र दिपज्योती ईङलिस बोर्डिङ स्कुल बहानेले ५ हजार रुपैया सहयोग गरेको प्याब्सन प्यूठानले जनाएको छ ।

Worldlink
Loading...