malvika
Sarbottam

प्यूठानको नरेन्द्र गायत्री आँखा अस्पताल नगद सहित सम्मानित

">

मुनाल पोष्ट,
नरेन्द्र गायत्री आँखा अस्पताल नगद सहित सम्मानित भएको छ । नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले २०८२/८३ को समिक्षा तथा जिल्ला आँखा उपचार केन्द्रहरूको वार्षिक समीक्षा गोष्टिका अवसरमा उत्कृष्ट कार्य प्रगती गरेको भन्दै नरेन्द्र गायत्री आँखा उपचार केन्द्र बिजुवारलाई (LEIRC Network Best Performance Award ) अवार्डले सम्मान गरेको हो ।

नगद सहित अवार्ड नरेन्द्र गायत्री आँखा उपचार केन्द्र बिजुवारका अध्यक्ष लक्ष्मी प्रकाश राज भन्डारी र कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीलाई प्रदान गरिएको थियो । उक्त अवार्ड हरेक वर्ष उत्कृष्ट हुने आँखा उपचार केन्द्रलाई प्रदान गरिदै आएको थियो । यस वर्ष आँखाको सेवामा प्यूठान आखा उपचार केन्द्रले उदाहरणीय कार्य गरेको भन्दै अवार्ड जितेको हो ।

शुक्रवार चन्द्रौटाको लुम्विनी ग्रीन रिसोर्टमा आयोजित कार्यक्रमका अवसरमा आँखा उपचार केन्द्रहरूले निर्धारण गरेका लक्ष्यहरूको प्रगति समीक्षा गर्नुका साथै आगामी दिनका लागि आवश्यक रणनीति तथा कार्ययोजना समेत तयार गरिएको थियो ।

Worldlink
Loading...