

- नेपाली गीत संगीत र फिल्म क्षेत्रको एउटा नाम थियो प्रसान्त तामाङ । अव यो नाम संझनामा मात्र सिमित रहेको छ । प्रसान्तको आइतवार विहान भारतको दिल्लीमा हृदय घातका कारण मृत्यु भएको छ । सन २००७ मा इन्डीयन आइडल सिजन ३ का विजेता समेत भएका प्रसान्तले थप्रै नेपाली चर्चित गीत गायका छन ।
घामको माया जुनको माया , जाउला रेलैमा सरर गोर्खा पल्टन , विछोडको करौतिले , आगो पियर बाच्ने , सिरिमा सिरी बतासै चल्यो , मन साइली जस्ता उनका चर्चित गित हुन ।
४२ वर्षका प्रसान्तलाई निधन अघि कुनै गम्भीर प्रकारको स्वास्थ्य समस्या थिएन । उनी नायक बनेर अभिनय गरेका परदेशी र गोर्खा पल्टन नेपाली चर्चित फिल्म हुन ।
आइतवार विहानदेखी सामाजिक सन्जालमा प्रसान्तका तस्वीर केवल संझनामा मात्र आइरहेका छन ।
पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय स्तरको ख्याति हासिल गरेका थिए ।
