malvika
ma laxmi dental

निर्वाचन आचार संहिता विपरित गर्नेलाई कार्वाहिमा ल्याईने

">

प्यूठानमा निर्वाचन निर्वाचन आचारसंहिता विपरित गर्नेलार्य कार्वाहिमा ल्याईने भएको छ ।

">

सामाजिक सन्जालमा ए.आईको प्रायोग गरि निर्वाचन विपरित कार्य गर्ने वा प्रचार गर्ने व्यक्तिलाइ नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा छानविन गरि कानुनि कार्वाहिमा ल्याउने मुख्य निर्वाचन अधिकृत हिरण्यराज भण्डारीले बताउनु भयो ।

मंगलवार खलंगामा बसेको सरोकारवालाहरु र सर्वदलिय संगको छलफलमा मुख्य निर्वाचन अधिकृत हिरण्यराज भन्डारीले निर्वाचन आचार संहिता विपरित कुनैपनि प्रचार सामाग्री तथा कार्य नगर्न नगराउन अनुरोध गर्नुभएको छ ।
जनताको मतलाई बाकसमा सुरक्षीत गरि नतिजा प्रकाशन गर्ने निर्वाचन आयोगको जिम्मेवारी रहेको भण्डारीले बताउनु भयो ।

प्रतिनिधी सभाका लागी एउटा मात्र क्षेत्र रहेको प्यूठान जिल्लामा २ सय ३० वटा मतदान केन्द्र रहनेछन । प्यूठानवाट १ लाख ६५ हजार ४ सय ६ जान मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठानले जनाएको छ ।

कसैलाई पनि सामाजिक सन्जाल मार्फत गाली गलोज तथा धम्की आए प्रसासनमा उजुरी गर्न प्रमुख जिल्ला अधिकारी सान्तीराज प्रसाईले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला स्थित सवै राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन ।

 

 

 

 

 

 

Sarbottam
Loading...