
">ऐरावती गाउँपालिकाको बस्ती स्तरमा प्रतिनिधिसभा उम्मेदवार सुर्य थापाको जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । विहिवार देखी ऐरावतीमा सुरु गरिएको निर्वाचन लक्षित उम्मेद्वार संग जनभेटघाट कार्यक्रम सनिवार समापन भएको हो ।
ऐरावती ४ धुवाङ छापबाट सुरु गरिएको अभियान ६ नम्वर वडा विजुलीमा पुगी समापन भएको थियो । एमालेका उम्मेदवार द्वयलाई स्थानियहरुले उत्साहका साथ फुल मालाले अग्रीम बधाई दिदै सम्मान गरेका थिए ।
प्यूठानवाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार सुर्य थापा र समानुपातिक पदका उम्मेदवार एन्जीला थापा लक्ष्मी २ दर्जन भन्दा बढी नागरिकका टोल वस्तीमा पुग्नुभएको थियो ।
पालिकाको धुवाङ छाप , धुवाङ ,गोल्जा , सराङवेसी , गोठिबाङ, खवाङ, हर्नाघाट, अधेरी , दारिमपाटा , चुत्रेनी , जावुने, तालपोखरा , लामीदमार , बङसारी माजखन्ड, डाव्रा , मान्द्रे , दाङबाङ, बन्जाडेडाडा , चाख्लाघाट, जुडा, धाइरेखर्क , बरौला , उदिका, विजुली र थाम गरि २ दर्जन भन्दा बढी वस्तीमा पुगी उम्मेदवार थापा द्वयले मतदातासंग भेट गरेको नेकपा एमाले ऐरावतीका अध्यक्ष टिका बहादुर गुरुङले जानकारी दिनुभयो ।
जनभेटघाटमा स्थानियको समस्या योजना र बजेटका विषयमा छलफल भएको गुरुङको भनाई छ ।

