
">मुनाल पोष्ट
प्यूठानको ऐरावती गाउँपालिका १ छेडाघाटमा आगलागी हुदा १३ घरगोठ जलेर नस्ट भएका छन । सनिवार राती स्थानिय लक्ष्मण रानाको घरबाट सल्केको आगो बस्तीमा पुगेको थियो ।
आगलागीबाट १३ वटा घरगोठको ९३ लाख ५० हजार बरावरको क्षती भएको जिल्ला प्रहरु कार्यालय प्यूठानले जनाएको छ । आगलागीबाट घर, गोठ, नगद, खाद्यान्न,चौपाया जलेको थिए ।
आगोलाई प्रहरी, स्थानिय र ससस्त्र प्रहरीले नियन्त्रण लिएको छ । आगालागीको कारण बारे अनुसन्धान भईरहेको छ ।


