
">मुनाल पोष्ट,
लुम्विनी प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेस पन्थीले स्थानिय तहलाई सहकारी कानुन निर्माण ,कार्य सम्पादन मुल्यांकनमा सहकारी विषय हेर्ने साखा प्रमुखको क्षमता बिकासमा आगामी दिनमा मुल्य प्राथमिकता दिने बताउनुभएको छ ।
मंगलबार विजुवारमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाले एकिकृत कृषि तथा पशुुपन्छी बिकास कार्यालयमा थप बजेट व्यवस्थापन गरि प्रवद्र्धन र विकासमा सहकार्य गरिने समेत बताउनु भयो ।
स्थानिय तहका जनप्रतिनिधी कर्मचारी ,सहकारी संघका प्रमुख तथा प्रतिनिधिहरुका लागी सहकारी कानुन र पल्स एम.सी.आई विधिवाट सहकारी संचालनको बार्षिक कार्यसम्पादन मुल्यांकन सम्वन्धी अभिमुखीकरण कार्यक्रम प्यूठान नगरपालिकाको सभाहल विजुवारमा सम्पन्न भएको हो ।
सहकारी संस्थाहरुले गरेका वित्तिय र गैर वित्तिय कारोवारको वार्षिक कार्यसम्पादन मुल्यांकनको लागी स्थानिय तहहरुलाई सहजिकरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको एकिकृत कृषि तथा पशुुपन्छी बिकास कार्यालय प्यूठानका प्रमुख विनोद शार्माले बताउनुभयो ।मन्त्रालयका सहकारी विज्ञ टिकाराम पोख्रेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा , जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष शुशिल पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
