
मुनाल पोष्ट
प्यूठानमा आईतवार देखी १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
९ वटा स्थानिय तहहरु रहको प्यूठान जिल्लामा ८ वटा स्थानिय तहहरुका खेलाडि मात्र सहभागी भएका छन । प्रतियोगितामा ऐरावती गाउँपालिकाले भाग लिएको छैन ।

आइतवार जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले उद्घाटन गर्नुभएको कार्यक्रम गणतान्त्रीक खेलमैदान विजुवारमा संचालन भैरहेको छ ।


