
मुनाल पोष्ट
प्यूठानमा १ हजार एक सय ६५ जना बालवालिकाले स्वर्णविन्दु प्राशन सेवन गरेका छन । गत वैसाख महिनामा खुवाएको उक्त औषधी जिल्लामा बालबालिकालाई अहिले दोस्रो पटक खुवाइएको हो ।

स्वर्ण सुनवाट निर्मित औषधी सास्त्रीय विधि अनुसार पुष्य नक्षेत्रको दिन खुवाउने गरिएको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमिक्त कार्यालय प्रमुख टुक बहादुर रोकाले जानकारी दिनुभयो ।

उहाले यसपटक स्वर्ण विन्दु प्राशन खान छुटेका बालबालिकाहरुको लागी असार ४ गते खलंगामा खुवाईने बताउनु भयो ।
