malvika
Sarbottam

भानुभक्त माविका अध्यक्ष परियार पठनपाठन व्यवस्थापनमै व्यस्त

">

मुनाल पोष्ट,
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको काम कर्तव्य विद्यालयको प्रशासनलगायतका गतिविधि हेर्ने र विद्यालय राम्रो बनाउने हो । तर भानुभक्त माध्यमिक विद्यालय बर्वोटका अध्यक्ष मिनराज परियार प्राय विद्यार्थी तथा शिक्षकसंगै देखिनुहुन्छ ।

उहाले नियमित विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरुसंग पठनपाठनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै आउनुभएको छ । परियारले विद्यालय प्रार्थाना र दिवा खाजाको समयमा विद्यालयमै पुगी पठनपाठनका समस्या बारे छलफल गर्दै आएको बताउनु भयो । विद्यालय अध्यक्षको जिम्मेवारी पायसंगै परियारले विद्यार्थीको पढाई प्रभावकारी वनाउने विषयमै चासो राखेको देखिन्छ । परियारले जिम्मेवारी आएको दुई महिनामै विद्यालयमा आईसिटि संचालन, विद्यालय भवनको छानो व्यवस्थापन, फर्निचर तथा सेतो पाटी व्यवस्थापन, पौष्टिक आहार सहितको दिवा खाजा व्यवस्थापन, कृषि तर्फ च्याउको विउ उत्पादन गर्ने मेसिन खरिद, ठुलाचौर विद्यालयमा विजुली बत्ती तथा पंखा व्यवस्थापन आदि कार्यहरु भएका छन ।


अध्यक्ष परियारले विद्यार्थीहरुको नियमित उपस्थिती बारे अनुगमन, पठनपाठनको अनुगमत तथा समस्या बारे छलफल, वैठक संचालन, योजना निर्माण र नियमनका विषयमा नियमित छलफल गर्दै आईरहेको विद्यालयका शिक्षकहरुको भनाई छ । हाल उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म साधारण र कक्षा ९ देखी १२ सम्म कृषि बालि विज्ञान विषय पढाई हुदै आएको छ । परियार अध्यक्ष भएर आएदेखी छोटो समयमै विद्यालयको शैक्षिक उन्नतीमा महत्वपुर्ण कार्यहरु भएको प्रधानाध्यापक चक्रपाणी पौडेलले बताउनु भयो ।

Sarbottam

स्वर्ण महात्सव समेत सम्पन्न गरेको विद्यालयले स्कुल बस संचालनको तयारीमा रहेको छ । पुर्वी प्यूठानको प्राविधिक तर्फ कृषि बालि विज्ञान पढाई हुने उक्त विद्यालयमा जिल्लामै पहिलोपटक धानुनिक मेसिनबाट कन्य च्याउको विउ उत्पादन गरिएको वरिष्ठ प्राविधिक प्रशिक्षक दिपक आचार्यले जानकारी दिनुभयो ।

Worldlink
Loading...