
">मुनाल पोष्ट,
रसुवाको बाढिमा परेर हालसम्म ७२ जनाको शव फेला परेको छ । रसुवा ,नुवाकोट धादिङ, चितवन स्थित नदि किनारमा मृत सव भेटिएको हो ।
बाढीमा परेका २८ कर्मचारी अझै सम्पर्कमा आएका छैनन । बुधवार विहान चिनको तिब्वतवाट आएको लेन्दे खोलाको बाढी रसुवाको भोटेकोसिमा मिसियर ठुलो क्षती पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुममा कार्यरत शसस्त्र प्रहरी कर्मचारी पनि सम्पर्क विहिन भएका छन । प्रभावित भएकाहरुलाई सुरक्षाकर्मिले उद्धार गरिरहेका छन । अहिलेसम्म ८८ जनालाई रसुवाबाट हेलिकप्टरमा सुरक्षाकर्मिले उद्धार गरिसकेको नेपाली सेनाले जनाएको छ । बाढीका कारण भेटिएका शवहरुको पहिचान खुलिसकेको छैन । बाढीका कारण घाईतेहरु ६२ जनाको काठ्माण्डौ, नुवाकोट र रसुवाका बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । अझै क्षतीको विवरण एकिन नर्ग सकिएको छैन ।
