
">मुनाल पोष्ट,
प्यूठानमा ४० जना युवाहरुलाई दावाको उत्पादन र एआई युक्त सिसिटिभी क्यामेरा सम्वन्धी प्राविधिक तालिम दिईएको छ । एचएमसी नेपाल प्रालिको आयोजना तथा अरुण अर्डर एण्ड सप्लायर्स बाग्दुलाको सहकार्यमा आईतवार जुम्रीमा युवाहरुलाई उक्त तालिम दिईएको हो ।
सुरक्षाको दृष्टीकोणलाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा जडान गर्न दक्ष जनशक्ति उत्पादन गरि कम्पनीका उत्पादन तथा प्रविधिवारे अध्ययन गरि प्राविधिकहरुको क्षमता अभिवृद्धि र युवाहरुलाई आत्मनिर्भर गराउने उदेश्यले प्राविधिक तालिमको आयोजना गरिएको अरुण अर्डर एण्ड सप्लायर्सका संचालक अरुण कुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा दावा कम्पनीका प्रोडक ईन्जीनियर पुकार न्यौपानेले क्यामेरामा उपलब्ध कृतिम बौद्धिकता (ए.आई) मा आधारित मानव तथा सवारी साधन पहिचान, प्रविधि चलायमान, बस्तु पहिचान, अनावश्यक चेतावनी नियन्त्रण, सुरक्षा तथा सिमा उल्लङघन पहिचान लगायतका सुविधाबारे जानकारी गराउनुभएको थियो ।

उहाले दावाका पछिल्ला प्रविधियुक्त सिसिटिभी क्यामेराले मानिस र सवारीसाधनलाई छुट्टाछुट्टै पहिचान गर्न सक्ने भएकाले अनावश्यक बस्तु , जनावर वा अन्य गतिविधीका कारण आउने गलत चेतावनीलाई कम गर्न सहयोग पुग्ने बताउनु भयो । दावाको उत्पादन क्यामेरामा उच्च गुणस्तरको दृश्य, रातीमा समेत स्पष्ट निगरानी, अध्यारोमा दृष्य कैद गर्ने प्रविधि, उज्यालो र अध्यारो विचको भिन्नता मिलाउने प्रविधि लगायतका सुविधा रहेका छन ।
कार्यक्रममा दावा कम्पनी बाट उत्पादन गरिएको सामानहरुको प्रयोग र समस्या समाधानका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरुले तालिम व्यवहारिक र सिपमुलक रहेको बताएका छन ।
