malvika
Sarbottam

मान्द्रेचौर र मट्याङपोखरामा खानेपानीका धारा खस्न थाले

">

मुनाल पोष्ट,
प्यूठान नगरपालिका ३ मान्द्रेचौर र मट्याङपोखरामा एक घर एक खानेपानीका धारा कार्यक्रम सम्पन्न भएको छ । निर्माणकार्य सम्पन्न भएपछी दुई गाउँका प्रत्यक घरमा खानेपानीका धारा खस्न थालेका हुन ।

सोमवार उक्त योजनाको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।प्यूठान नगरपालिकाका मेयर विष्णु वहादुर योगी र वडाध्यक्ष सुमनराज श्रेष्ठद्धारा खानेपानीको धारा खोलेर उद्घाटन गरिएको हो । वडाध्यक्ष सुमनराज श्रेष्ठले नागरिकलाई बाडेका सपना एक पछि अर्को गरि विकासका आयामद्धारा पुरा हुदै आएको बताउनुभएको छ ।

आयोजनाबाट मान्द्रेचौर र मट्याङपोखराका ४६ घरमा खानेपानीका धारा जडान गरिएको हो । नगरपालिकाको १८ लाख बजेटबाट ओखरवोट खानेपानी आयोजना सम्पन्न भएको खानेपानी योजना समितिका अध्यक्ष लक्ष्मण परियारले जानकारी दिनुभयो । उहाले सामाजिक एकता भए जुनसुकै विकास पनि सम्भव रहेको बताउनुभएको छ ।

Sarbottam

स्थानियहरुले भालुखोला, जेमुरे, ढुंगेपानी, पुगेर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका छन । आयोजनाबाट दुई गाउँका २ सय भन्दा बढी नागरिक लाभान्वित भएका छन । खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवा वलीको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन आभास मगरले गर्नुभएको थियो ।

Worldlink
Loading...