
">मुनाल पोष्ट,
झिमरुक गाउँपालिका ४ हरिय गाउँकी चुमकला जिसीले गाउँकै विद्यालयमा १ लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । वृद्धले आफु ८४ वर्षमा प्रवेश गरेको अवसरमा स्वर्गीय श्रीमान बेगमबहादुर जिसीको स्मृतिमा बेगम चुमकला शैक्षिकवृत्ति नामक अक्षयकोष स्थापना गरिदिनुभएको हो । अक्षयकोष १ लाख १ हजार १ सय ११ रुपैयाको रहेको छ ।
आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई प्रेरणा, सहयोग र उज्ज्वल भविष्य निर्माणको अवसर प्रदान गर्ने उदेश्यले श्री लक्ष्मी माध्यमिक विद्यालय बाङगेमरोटमा अक्षयकोषको स्थापना गरिएको नाती मनोज कुमार जिरीले जानकारी दिनुभयो । वृद्धको सामाजिक कार्यले गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक प्रगतिमा टेवा पुग्ने विश्वास गरिएको छ ।
