
">मुनाल पोष्ट,
ढाँडखानी भलिवलको उपाधि मदाने भलिवल क्लवले पाएको छ । तीज पञ्चमीका अवसरमा ढाँडखानी खेलकुद तथा सामुदायिक विकास मञ्च गौमुखी गाउँपालिका ३ ले आयोजना गरेकाको विविध खेलकुद तथा सास्कृतिक कार्यक्रममा मदाने भलिवल क्लवले पहिलो उपाधि पाएको हो ।
जसले ३२ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मदाने भलिवल क्लव लगातार ४ वर्ष सम्म पुरुष भलिवल तर्फ उत्कृष्ट बन्दै आएको क्लवका संरक्षक जनक सुनारले जानकारी दिनुभयो । पुरुष भलिवलमा दोस्रो रोयल खुङको समुह, तेस्रो भुमेपुजा रजवाराको समुह र सन्त्वना रोयल पुजाको समुह भएका छन ।
कार्यक्रममा तीज गीत तथा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रथम रमिला र रविना सुनारको समुह भएका छन, दोस्रो रितु सुनारको समुह, तेस्रो संगीता सुनारको समुह र सान्त्वता विहानी केसीको समुह भएका छन । प्रथम हुनेले ६ हजार र प्रमाणपत्र प्राप्त गरेका हुन ।
असोज १ गते देखी ४ गतेसम्म संचालन गरिएको कार्यक्रमको आईतवार समापन गरिएको हो । क्लवका अध्यक्ष सुनाराम विश्वकर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अथिति गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राना मगर रहनुभएको थियो ।
