malvika
Sarbottam

प्यूठानमा पशुपन्छीका विषयमा भ्याक्सिनेटरहरुसंग अभिमुखिकरण

">

मुनाल पोष्ट,
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले भ्याक्सिनेटरहरुसंग अभिमुखीकरण गोष्टी सम्पन्न गरेको छ । सोमवार विजुवारमा आयोजना गरिएको कार्यक्रममा पशुपन्छीहरुमा लाग्ने रोग र उपाचारका विषयमा भ्याक्सिनेटरहरुसंग छलफल गरिएको हो ।
जिल्लाका ९ स्थानीय तहमा क्रियाशिल ५० जना भ्याक्सिनेटर संगको अभिमुखीकरण कार्यक्रममा खोरेत, पिपिआर, लम्पी स्किन लगायत अन्य पशुपन्छी सम्बन्धीत रोगहरु, र खोरेत मुक्त जिल्ला अभियान कार्यक्रमलाई प्रभावकारी रुपले संचालन गर्ने, विषयमा छलफल गरिएको छ ।
यस संगै कार्यालयले जिल्लाका पालिका र जिल्लास्थित कार्यालयहरुसंग समन्वय गरि पशुपन्छीका कार्यक्रमहरु वलियो ढंगले कृषक माझ लैजाने योजना बनाएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका कार्यालय प्रमुख विनोद शर्माले जानकारी दिनुभयो ।

Worldlink
Loading...