malvika
Sarbottam

मल्लरानीमा क्रीकेट प्रतियोगिता सुरु

">

मुनाल पोष्ट,
मल्लरानी गाउँपालिका ३ चौरपानीमा वडा स्तरीय टि टेन क्रीकेट प्रतियोगीता सुरु भएको छ । विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर वडाले आयोजना गरेको प्रतियोगीताको शनिवार उद्घाटन गरिएको हो । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले खेलको उद्घाटन गर्नुभएको हो । खेलमा १० टिमले सहभागीता जनाएका छन ।

वडाध्यक्ष नोमराज पौडेलले युवाहरुलाई अनुसासीत र खेलप्रेमी गराउने उदेश्यले खेलको आयोजना गरिएको बताउनुभएको छ । उहाले क्रिकेट खेलमा कुनै विवादको अन्तीम जिम्मेवारी एम्पायरलाई रहेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, पुर्व जि.वि.स सभापती बोम बहादुर खत्री, गाउपालिकाका प्रवक्ता लेख बहादुर थापा,वडा सदस्य अमर बहादुर जिएम, पुर्व वडासदस्य मेघराज आचार्य, राष्ट्रि जनमोर्चा मल्लरानीका अध्यक्ष दुर्गा थापा, नेकपा एमाले मल्लरानीका उपसचिव गंगाराम पौडेल, नेपाली कम्यूनिष्ट पाटी मल्लरानीका अध्यक्ष विष्णु पौडेल, वडा स्तरीय महिला संजालका अध्यक्ष शारदा श्रेष्ठ, आदिवासी जनजाती सन्जालका अध्यक्ष लाल बहादुर पुन, कृषि सन्जालका अध्यक्ष नारायण पुन, दलित सन्जालका उपाध्यक्ष तिल बहादुर नेपाली, जनजागरण सिकाई केन्द्रका अध्यक्ष लेखनाथ पौडेल,युथ स्टार युवा क्लवका अध्यक्ष रन्जन पौडेल, पत्रकार कृष्णराज पाण्डे लगायको उपस्थित रहेको थियो ।

Sarbottam


क्रिकेटमा विजेता बन्नेले २५ हजार र उपविजेताले १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । खेल कार्तिक २ गतेसम्म संचालन हुनेछ ।

Worldlink
Loading...