malvika
Sarbottam

प्यूठानको कारागारमा एक कैदी झुण्डिएको अवस्थामा फेला

">

मुनाल पोष्ट
प्यूठानमा एक कैदी कारागार भित्रै झुन्डीएको अवस्थामा फेला परेका छन । गौमुखी गाउँपालिका घर भएका २७ वर्षिय ओम बहादुर घर्ति प्यूठान कारागारको बाथरुम भित्र कपडा झुन्डाउने हुकमा प्लास्टीकको डोरीले झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरिक्षक कौषलराज पराजुलीले जानकारी दिनुभयो ।
घटना आईतवार दिउसो २ः३० बजेतिरको हो । डोरी काटेर घर्तिलाई तत्काल प्यूठान अस्पताल पुराई्एकोमा दिउसो ३ः३० वजे डाक्टरले मृत घोषणा गरिदिएका थिए ।
हाडनाता जबर्जस्ती करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका घर्तिले ६ वर्ष कैद भुक्तान गरिसकेको कारागार श्रोतले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको जिल्लाका प्रहरी कार्यालय प्यूठानका प्रमुख नरहरी अधिकारीले जानकारी दिनुभयो ।

Worldlink
Loading...