malvika
Sarbottam

चिसावाङ र चुँजामा दशै द्धादशी मेला लाग्दै

">

मुनाल पोष्ट,
प्यूठानको चिसावाङ र चुँजामा दशैको द्धादशी मेला लाग्ने भएको छ । झिमरुक गाउँपालिका ६ चिसावाङ र मल्लरानी गाउँपालिका २ चुँजामा विजया दशमीको अवसर पारेर प्रत्यक वर्ष लाग्दै आएको द्धादसी मेला यस वर्ष कार्तिक ६ गते लाग्ने मेला समितिले जनाएको छ । विहान ११ः३० बजे देखी ऐतिहासिक खड्क भगवतीको मन्दिर चुँजा कोटवाट सराय नाच अमर मावि चुजाको प्राङगणमा पुगी साझ ५ बजे विसर्जन गरिने मन्दिरका पुजारी बल वहादुर खत्रीले जानकारी दिनुभएको छ ।
त्यस्तै भिमरुक गाउँपालिका ६ चिसावाङमा पनि स्थानिय बाजाघाजा सहित महिला पुरुषहरु सामुहिक सराय नाच नाच्दछन । स्थानिय युवाहरुको सक्रियतामा पछिल्लो समय चिसावाङ मेला थप व्यवस्थित बन्दै आएको छ । चिरायु माविको प्राङगणमा लाग्ने मेलामा स्थानिय एवं राष्ट्रिय कलाकारको उपस्थितिमा सास्कृतिक कार्यक्रम, सराय नाच, लिंगे पिङ सहित यस वर्ष पनि शुक्रवार भब्य रुपले मेला आयोजना गरिएको मेलाका अध्यक्ष निकेश पोख्रेलले जानकारी दिउभयो । मेला  शुक्रवार विहान ११ बजे देखी संचालन हुनेछ ।
असत्य माथी सत्यको जित भएको विजया दशमीको अवसरमा यस संगै प्यूठान जिल्लाका धेरै शक्ति पिठ र कोटघरहरुमा शुक्रवार मेला हुने भएका छन ।

Worldlink
Loading...